१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

प्रधानन्यायाधीश कार्की लिए शपथ !


प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पद तथा गोपनियताको शपथ लिएका छन् । संसदीय सुनुवाइ समितिले सुनुवाई टुंगो लगाए पछि प्रस्तावित प्रधानन्यायधीश कार्कीले शपथ लिएका हुन् ।। राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिस एवं संसदीय सुनुवाईबाट प्रस्तावित नाम अस्वीकृत नभएमा प्रधानन्यायधीशको नियुक्ति गर्ने व्यवस्था रहेको छ ।

राष्ट्रपति कार्यालयले कार्कीको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि शपथको तयारी थालेको थियो ।

संवैधानिक परिषद्‌बाट वैशाख २५ गते सिफारिस भएका कार्कीमाथि सुनवाइ समितिले जेठ १६ गते १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो ।

समितिको जेठ १६ गते आह्वान गरेअनुसार प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध २९ वटा उजुरी परेका थिए। संबैधानिक परिषद्ले सिफारिस गरेको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेसँगै प्रधानन्यायाधीशको नियुक्त राष्ट्रपतिले गर्ने संबैधानिक व्यवस्था छ। ६५ वर्षे उमेर हदका कारण कार्कीको साउन २० गते अनिवार्य अवकाश हुनेछन्।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*