१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

प्रधानन्यायाधीश नियुक्तिको प्रकृया अगाडि बढाईयो, बुधबार उजुरीको सार्वजकिक सूचना प्रकाशन हुँदै


सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको प्रकृया अगाडि बढाईएको छ ।
संवैधानिक परिषदबाट गत वैशाख २५ गते सर्वोच्च आदालतका लागि प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृण कार्कीलाई संसदीय सुनुवाई समितिको मंगलबार बसेको बैठकले नियुक्ति प्रक्रिया अघि बढाएको हो ।
प्रधानन्यायाधीशमा सिफारिश भएका कार्कीको सम्बन्धमा १० दिनभित्र सार्वजनिक रुपमा उजुरी आव्हान गरेको छ ।
आव्हान गरिएको उजुरी लिखित पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेल मार्फत दिन सकिने छ ।
यसरी दिईने उजुरीमा उजुरी कर्ताको परिचय रहने भए पनि परिचय भने गोप्य राखिने संसदीय सुनुवाई समितिले जनाएको छ ।
उजुरी आव्हानको सार्वजनिक सूचना बुधबार (भोलीको) गोरखापत्रमा प्रकाशन गरिने समेत समितिले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*