१८ मंसिर २०८१, मंगलवार  |  3 December 2024,Tuesday
Ad

मन्त्रीपरिषदले रेशम चौधरीलाई आममाफीका लागि राष्ट्रपति समक्ष सिफारिष गर्यो

कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीलाई आममाफीका लागि मन्त्रिपरिषद्ले राष्ट्रपति समक्ष सिफारिष गरेको छ ।
चौधरीलाई सजाय माफी गर्ने वा नगर्ने भन्नेबारे गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले आममाफीका लागि राष्ट्रिपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद चौधरीको सजाय माफी निवेदनउपर कारबाही गर्न आदेश दिएसँगै मन्त्री परिषदले यस्तो निर्णय गरेको श्रोतले बताएको छ ।
जन्मकैदको सजाय पाएका चौधरीको सजायलाई माफी दिने विषयमा सत्ता गठबन्धनले यसअघि नै सहमति गरे संगै मन्त्रीपरिषदले पनि माफीका लागि सिफारिष गरेको हो ।
बुधबार चौधरीले सजाय माफीका लागि गृह मन्त्रालयमार्फत राष्ट्रपतिसमक्ष निवेदन पठाएका थिए । माफीको उक्त निवेदन राष्ट्रपतिबाट कानुनबमोजिम गर्न तोकादेश भएपछि राष्ट्रपति कार्यालयले शुक्रबार चौधरीकोे फाइल गृह मन्त्रालय फिर्ता पठाएको थियो ।
संविधानको धारा–२७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्थामा उल्लेख गरिएको छ ।
सोहि बमोजिम मुलुकी फौजदारी कार्यविधि संहिताले त्यसरी राष्ट्रपतिबाट सजाय माफी पाउन गृह मन्त्रालयमार्फत राष्ट्रपतिसमक्ष निवेदन दिनुपर्ने व्यवस्था अनुसार मन्त्रीपरिषदले पनि सिफारिस गर्ने निर्णय गरेको हो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*