भेटनरी एसोसियशनमा नयाँ कार्यसमिति, डा केदारले ल्याए सर्वाधिक मत
- १४ जेष्ठ, २०८०, आईतवार ०१:०४
- मुख्य समाचार
- न्यूज समय
नेपालका भेटनरी डाक्टरहरुको छाता संगठन नेपाल भेटनरी एसोसियशनका नयाँ नेतृत्व निर्वाचित भएको छ । शुक्रवार र शनिवार काठमाडौंमा सम्पन्न एशोसिएसनको केन्द्रिय कार्यसमितिको अधिवेशनले डा रामकृष्ण खतिवडाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा खतिवडा ३८० मत ल्याएर विजयी भएका हुन् । उनले डा कृष्ण काफ्लेलाई पराजित गरे । काफ्लेले २६५ मत पाएका थिए । त्यसैगरि उपाध्यक्षमा डा अशेष भट्टराई ३४५ मत पाएर विजयी बन्दा उनका निकटम् प्रतिष्पर्धी डा अर्जुन अर्यालले २९७ मत पाएका थिए ।
त्यस्तै महासचिवमा डा केदार सुवेदी निर्वाचित भएका छन् । सुवेदी नेपाल भेटनरी एसोसियशनको निर्वाचनमा नै सर्वाधिक मत पाएका छन् । सुवेदीले ४९० मत ल्याउदा उनका प्रतिष्पर्धी डा योगेन्द्रराज पन्तले १४८ मत पाएका थिए ।
त्यस्तै सचिवमा डा शंकर न्यौपाने, कोषाध्यक्षमा डा सिकेश मानन्धर निर्वाचित भएका छन् । न्यौपानेले ३७६ मतका साथ विजयी भएका हुन भने मानन्धर ३४९ मतका साथ विजयी भएका हुन् ।
सदस्यहरुमा डा नविन पन्थी, डा निकेश खनाल, डा मलिसा श्रेष्ठ, डा लोकेन्द्र न्यौपाने, डा शत्रुधन शाह र डा सुमित श्रेष्ठ निर्वाचित भएका छन् ।