बर्तमान मधेश सरकार परिवर्तन नहुने जसपा अध्यक्ष यादव
- २९ बैशाख, २०८०, शुक्रबार ०६:२६
- मुख्य समाचार
- न्यूज समय
जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बर्तमान मधेश सरकार परिवर्तन नहुने दावि गरेका छन् ।
शुक्रबार बिहान जनकपुरधाममा पत्रकारहरु संग कुरा गर्दै यादवले केन्द्रमा रहेको पाँचदलीय गठबन्धनको सरकार अनुसार संयुक्त रुपमा मधेश सरकार रहने बताएका हुन् ।
अध्यक्ष यादवले हाल रहेको मधेश सरकारमा मन्त्री मण्डल भने पुनर्गठन गरिने संकेत गरेका छन् ।
जनमत पार्टीलाई मधेश सरकारमा के गर्ने भन्ने बारेको जिम्मा प्रधानमन्त्री प्रचण्डलाई दिएको भन्दै यादवले जनमत पार्टी गठबन्धनमा पनि बस्ने र स्वतन्त्र जस्तो व्यावहार देखाएर हिड्ने गरेकाले यस विषयमा विचार गर्नुपर्ने तर्क गरे ।