१८ मंसिर २०८१, मंगलवार  |  3 December 2024,Tuesday
Ad

लुम्विनी प्रदेशको मुख्यमन्त्रीमा डिल्ली चौधरी नियुक्त, शुक्रबार ११ः३० मा शपथ ग्रहण

लुम्विनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरी नियुक्त भएका छन् ।
नयाँ सरकार गठनका लागि सत्ता साझेदार ८ दलको समर्थमा गरिएको दाविमा बहुमत पुगेपछि बिहीबार संविधानको धारा १६८ को उपधारा २ अनुसार चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
८७ सांसद रहेको लुम्विनी प्रदेशमा चौधरीलाई काँग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी लगाएत ५३ सांसदले समर्थन गरेका छन् ।
राष्ट्रपति निर्वाचन संगै बनेको नयाँ सत्ता समिकरण अनुसार एमालेका लिला गिरी नेतृत्वको सरकारबाट माओवादी लगाएतका दल बाहिरीएपछि उनको नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
गिरीले यहि बैशाख ११ गते पुनः विश्वासको मत नपाए पछि लुम्विनी प्रदेशमा नयाँ सरकार गठनको प्रकृया अगाडि बढाईएको थियो ।
सत्ता समिकरण परिवर्त भए संगै नयाँ सरकार गठनकालागि डिल्ली चौधरीको नेतृत्वले ५३ जना सांसदको हस्ताक्षर सहितको दावि यस अघिनै प्रदेश प्रमुख शेरचनलाई बुझाएका थिए ।
गिरीले विश्वासको मत पाउन नसके पछि प्रदेश प्रमुख शेरचनले नयाँ सरकार गठनकालागि बहुमत सहितको दावि पेश गर्न आव्हान गरेका थिए ।
नवनियुक्त मुख्यमन्त्री चौधरीको शपथ ग्रहण कार्यक्रम शुक्रबार बिहान ११ः३० बजे गर्ने तयारी गरिएको लुम्विनी प्रदेश सांसद प्रचण्ड बिक्रम न्यौपाने (गुन्टु) ले जनकारी दिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*