१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

दोब्बर कार्याकाल पुग्दा पनि महाधिवेशन गर्न डिएल नेतृत्वको आनाकानी


नेपाली कांग्रेस निकटको कानून व्यवसायीहरुको संगठन डेमोक्रेटिक लर्यस एसोसिएसन (डिएलए) को नेतृत्व महाधिवेशन गर्नका लागि अझै आनाकानी गरिरहेको छ । ३ वर्षमा हुनुपर्ने महाधिवेशन ६ वर्ष पुग्न लाग्दा पनि गर्न अझै नेतृत्वले आनाकानी गरिरहेको छ ।

विभिन्न कारण देखाउदै पटक पटक महाधिवेशन सार्दै आएको डिएलए नेतृत्व अझै महाधिवेशन गर्न आनाकानी गरिरहेको छ । डिएलएको केन्द्रीय समितिले महाधिवेशन जेठ २६ र २७ मा हुने गरी मिति तय भएपनि नेतृत्वले सो निर्णय अहिलेसम्म सार्वजानिक गरेको छैन् ।

डिएलएको नेतृत्वले केन्द्रीय समितिले तोकेको मिति अहिलेसम्म सार्वजानिक नभएपछि डिएलएका नेता सिताराम केसीले सो मितिमा महाधिवेशन हुनेमा आशंका व्यक्त गरेका छन् । केसीले समाजिक संजालमा लेखेका छन्– ‘पटक पटक मिति तोकदै जाने तर महाधिवेशन नगर्ने, केन्द्रिय कार्य समितिबाट महाधिवेशन गराउने सम्भावना न्यून देखिएकोले महाधिवेशन प्रतिनिधिज्युहरुबाट उचित निकास खोज्नु पर्ने जरुरी छ ।’

डिएलएको महाधिवेशन प्रत्येक ३ बर्षमा हुने वैधानिक व्यवस्था छ । डिएलएको महाधिवेशन भएको साउनबाट ६ बर्ष पुग्दैछ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*