२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

प्रधानमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार, नवनियुक्त मन्त्रीहरुले सपथ लिए


प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज मन्त्रीमण्डल विस्तार गरेका छन् ।
सत्तागठबन्धनका दलहरुले मन्त्रीका लागि गरेको सिफारिका आधारमा प्रधानमन्त्री दाहालले मन्त्रीमण्डल विस्तार गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरुलाई आजै राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ खुवाएका छन् ।
सपथ खाने मन्त्रीहरुमा काँग्रेसका तर्फबाट उपप्रधान एवं रक्षमन्त्रीमा पूर्णबहादुर खड्का, अर्थमा डा.प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल, शहरी विकासमन्त्रीमा सीता गुरुङले सपथ खाएका छन् ।
काँग्रेसले ८ जना मन्त्री पाउने टुङ्गो लागेपनि शेखर कोईराला समुहले २ जना मात्र मन्त्रीको नाम आफ्नो समुहलाई दिन पार्टी सभापनि शेरबहादुर देउवाले भने पछि मन्त्रीको नाम सिफारीस गरेका छैनन् । शेखर समुहले सम्मान जनक सहभागिताको माग गर्दै मन्त्री हुनेको नाम सिफारीस नगरेको श्रोतले बताएको छ ।
त्यस्तै माओवादी केन्द्रबाट भौतिक पूर्वाधारमन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई उपप्रधान सहित गृह मन्त्रालयको जिम्मेवारी दिईएको छ । माओवादीबाटै शक्ति बस्नेतलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीको जिम्मेवारी दिईएको छ ।
एकिकृत समाजवादीबाट वेदुराम भुसाललाई कृषि तथा पशुपंक्षी विकास र प्रकाश ज्वालाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सपथ खाएका छन् ।
त्यस्तै जनता समाजवादी पार्टीका अशोक राई शिक्षा विज्ञान तथा प्रविधि मन्त्री भएका छन् ।
लोकतान्त्रीक समाजवादी पार्टीबाट शरत सिंह भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको सपथ खाएका छन्, भने भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई दिईएको छ ।
नेपाल समाजवादी पार्टीबाट महेन्द्रराय यादव महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको सपथ खाएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*