प्रतिनिधिसभा सदस्य रामहरी खतिवडाले प्रतिनिधिसभा बैठक सांसदले हाजिर गर्ने थलो मात्र बन्न नहुने बताएका छन् ।
बुधवार प्रतिनिधिसभा सांसदको बैठकलाई सम्वोधन गर्दै सांसद खतिवडाले प्रतिपक्षदलका धेरै कुर्सीहरु खालिभएको भन्दै केहि सांसद १०–११ पटक सम्म बैठकमा उपस्थित नभएकोले सभामुखको ध्यानाकर्षण गराएका छन् ।
महोत्तरीबाट प्रतिनिधित्व गरेका सांसद लक्ष्मी महतो कोईरी सांसद बैठकमा उपस्थित नभएर हराईरहेको समेत खतिवडाले व्यङ्य गरे ।
गरिमामय सांसदको बैठकमा यसरी सांसदहरु उपस्थित नहुनु राम्रो नभएकोले यसमा सभामुखको ध्यानार्कषण होस खतिवडाले भने ।
खतिवडाको भनाई लगत्तै सभामुखले आफ्नो ध्यानाकर्षण भएको समेत बताएका थिए ।
न्यूज समय
१५ चैत्र, २०७९, बुधबार ००:००