प्रधानमन्त्री दाहालले दोस्रोपटक विश्वासको मत लिए

न्यूज समय

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा दोस्रो पटक विश्वासको मत लिएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले संविधानको धारा (१००) को उपधारा ( २) बमोजिम विश्वासको मत प्राप्त गरेका हुन् ।
प्रधानमन्त्री दाहालले विश्वासको मत दिन राखेको प्रस्तावमा कुल २६२ सांसद मध्य १७२ सांसदले पक्षमा हस्ताक्षर गरेका छन् । त्यस्तै विश्वासको मत नदिने पक्षमा ८९ मत खसेको छ भने एक जना सांसद तटस्थ बसेका छन् ।
नेकपा एमाले लागाएतका दल संगको गठबन्धन तोडेर काँग्रेस लगाएतका दल संग प्रधानमन्त्री दाहालले गठबन्धन गरेपछि संविधान अनुसार आज पुनः विश्वासको मत लिएका हुन् ।