सत्ता गठबन्धन परिवर्तन भए पछि प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः विस्वासको मत लिन लागेका छन् ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेका अनुसार प्रधानमन्त्री दाहालले सोमबार (भोलि) १ बजे विश्वासको मत लिने कार्यसूची रहेको जानकरी दिए ।
पूर्व गठबन्धन छोडेर एमाले लगाएतका दल संग गरेको गठबन्धनमा गएको पुष २६ गते विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले नेपाली काँग्रेस लगाएतका दल संगको पुरानै गठबन्धनमा फर्के पछि पुन विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिएका दलले विश्वासको मत फिर्ता लिएको एक महिना भित्र प्रधानमन्त्रीले पुनः विश्वासको लिने संवैधानकि व्यवस्था छ ।
अहिले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लागाएतका १० राजनीतिक दलले समर्थन गरेका छन् । प्रधानमन्त्री दाहाललाई लोसपाले पनि विश्वासको मत दिने निर्णय गरेको छ ।
न्यूज समय
५ चैत्र, २०७९, आईतबार ००:००