२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

हरेक नेपालीले सुशासन सहित समृद्धि खोजेका छन्: राष्ट्रपति पौडेल

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले देशलाई नयाँ दिशा दिनु आजको आवश्यकता भएकाले बताएका छन् ।
शुक्रबार बीपी संग्रहालय सुन्दरीजल पुगी पूर्वप्रधानमन्त्री स्व.विश्वेश्वरप्रसाद कोइरालाको सालिकमा माल्यार्पण पछि पत्रकारहरु संग संक्षिप्त कुरा गर्दै राष्ट्रपति पौडेलले हरेका नेपालीले स्थायी शान्ति र समृद्धि खोजेको बताए ।
जनताको अधिकार माथि कसैलाई खेलवाड गर्न छुट नभएको भन्दै राष्ट्रपति पौडेलले नेपाली जनताको अभिभावक बनेर आफ्नो कर्तव्य पुरा गर्ने पनि बताएका छन् । ।
संविधानको दायित्व र जनताले पाएको अधिकारको रक्षामा आफु सधै सजग रहेको भन्दै राष्ट्रपति पौडेलले मुलुकमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रिक व्यवस्थालाई जर्गेना गर्न आजको आवश्यकता रहेको पनि बताए ।
लोकतन्त्रको लागि साहदत हुने सम्पूर्ण नेताहरुप्रति श्रद्धा भक्ती व्यक्त गर्दै उनिहरुको सपना साकार पार्ने प्रण समेत राष्ट्रपति पौडेलले व्यक्त गरे ।
देशले सुशासन खोजेको यो अवस्थामा जनताको निराशालाई हटाएर आशा र उत्साहको संचार गराउँदै देशलाई उन्नतिको बाटो तर्फ डोराउनु पर्ने पौडेलको भनाई थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*