उपराष्ट्रपतिको चुनाव चैत्र ३ गते, मनोनयन दर्ता २७ गते सनिवार

न्यूज समय

निर्वाचन आयोगले आउँदो चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन गराउने भएको छ ।
आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ता यहि २७ गते सनिवार तोकेको छ । सोहि दिन मनोनयन दर्ता भएका उम्मेदवारको सूचि प्रकाशन हुने र उम्मेदवारको विरोध उजुरी दिन मिल्ने कार्यतालिका तय भएको छ ।
त्यसै गरी २८ गते मनोनयन उपर उजुरी जाँचबुझ गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
आयोगले यस अघि हिजो शुक्रबार राष्ट्रपतिको निर्वाचन सम्पन्न गरिसकेको छ । राष्ट्रपतिमा काँगे्रसको तर्फबाटका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।