नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेल नेपालको राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
बिहिबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्वाङलाई १८ हजार २८४ मतभारले पछि पार्दै पौडेल नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
नेम्वाङले १५ हजार ५१८ मतभार पाउँदा पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गरेका थिए ।
पौडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत प्राप्त गरेका थिए ।
पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले मतदान गरेको थियो ।
सुवासचन्द्र नेम्वाङले ९८ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका छन् । जसमा नेम्वाङको मतभार संघीय तर्फ ७ हजार ७४२ र प्रदेश तर्फ ७ हजार ७७६ थियो ।
न्यूज समय
२५ फाल्गुन, २०७९, बिहीबार ००:००