संविधानको रक्षाकालागि राष्ट्रपतिमा पौडेल निकै उपयुक्त पात्र : काँग्रेस सभापति देउबा
- १८ फाल्गुन, २०७९, बिहीबार ११:५९
- मुख्य समाचार
- न्यूज समय
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा रामचन्द्र पौडेल सवै भन्दा योग्य व्यक्ति रहेको बताएका छन् ।
काठमाडौंमा बिहीबार आठ राजनीतिक दलका संघीय सांसदहरूलाई अभिमुखीकरण गर्न कांग्रेसले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवाले पौडेललाई राष्ट्रपतिमा निर्वाचित गर्दा संविधान जोखिममा नपर्ने बताएका हुन् ।
विगतमा राष्ट्रपतिबाट संविधानको रक्षाको भूमिका नमिठो अनुभूति रहेको भन्दै सभापति देउबाले गठबन्धनले बनाएको अहिलेका उमेदवार पौडेल निकै उपयुक्त पात्र भएको बताए ।
नेपाली काँग्रेस पार्टीमा रामचन्द्र पौडेल निकै सिनियर नेता भएको भन्दै सभापति देउवाले पौडेलले प्रजातन्त्र स्थापना र स्थायित्वका लागि ठुलो संघर्ष र योगदान गरेको चर्चा गरे ।
देश र जनताकालागि दिएको योगदान तथा योग्यताक्रम अनुसार पौडेले निकै योग्य भएको भन्दै त्यही बलिदानीको कदर गर्दै उहाँलाई यो महत्वपूर्ण घडिमा नेपाली काँग्रेसले राष्ट्रपतिको उमेदवार बनाएको उल्लेख गरे ।
आउँदा दिनमा प्रजातन्त्र, लोकतन्त्र र अहिलेको संविधानको रक्षाका लागि उहाँले निकै महत्वपूर्ण भूमिका खेल्नेमा पनि आफु पूर्ण विश्वस्त रहेको पनि सभापति देउवले बताए ।