प्रदेश १ को नामाङ्कन टुंग्याइदै, संभावित हुलदंगालाई मध्यनजर गर्दै निषेधाज्ञा
- १७ फाल्गुन, २०७९, बुधबार ०९:१२
- मुख्य समाचार
- न्यूज समय
प्रदेश १ को केहि स्थानमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
विहिबार दिउँसो ३ बजे देखि अर्को आदेश नभएसम्म लागुहुने गरी निषेधाज्ञा जारी गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए ।
प्रदेशसभाले प्रदेश १ को नाम टुंगो लागउने गरी छलफल गरिरहेको समयमा संभावित हुलदंगा हुन सक्ने भन्दै निषेधाज्ञा जारी गरिएको हो ।
निषेधाज्ञा विराटनगरको देवकोटा चोक देखि कोसी अस्पताल चोक, जिल्ला प्रशासन कार्यालय क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र मुख्यमन्त्रि निवास वरपरको क्षेत्रमा जारी गरिएको छ ।
निषेधाज्ञाको समयमा तोकिएको त्यस क्षेत्रमा कुनै किसिमको सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता गतिविधि गर्न नपाईने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।
प्रदेश १ को नामकरणका लागि कांग्रेस र एमालेले “कोसी” प्रस्ताव गरेका छन् भने नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी लगाएतका पार्टीले संयुक्त रूपमा “किरात–लिम्बुवान–सगरमाथा प्रदेश” प्रस्ताव गरेका छन् ।