२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

जनमत पार्टीले राष्ट्रपतिमा पौडेललाई समर्थन गर्ने, सरकारबाट पनि नबाहिरिने

जनमत पार्टीले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन दिने जनाएको छ ।
पार्टी अध्यक्ष डा. सिके राउतले राष्ट्रपति र सभामुख एउटै पार्टीको हुन नहुने भन्दै आफ्नो पार्टीले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन दिने जनाएका हुन् ।
मंगलबार विद्यार्थी संघको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रम पछि पत्रकारहरु संग संक्षिप्त बोल्दै अध्यक्ष राउतले दल विशेषको भुमिका भन्दा बाहिर रहेर काम गर्न सक्ने तथा स्वच्छ छवि भएको व्यक्ति रामचन्द्र पौडेल हुन सक्ने भन्दै पौडेललाई राष्ट्रपतिमा समर्थन गर्ने बताएका हुन् ।
बर्तमान सरकारबाट आफ्नो पार्टी नबाहिरिने बताउँदै राउतले यहि सरकामा आफ्नमो पार्टी रहने बताएका छन् ।
मुलुकमा नयाँ र रचनात्मक काम गर्न बाँकि रहेको भन्दै उनले गठबन्धनले प्रस्ताव गरेको उमेदवारलाई समर्थन र सरकामा रहि देश विकासको लागि काम गर्ने बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*