नेकपा एमाले सरकारबाट बहिरिएको छ ।
नेकपा एमाले सचिवालयको सोमबार (आज) बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जनकारी दिए ।
सत्तामा रहेको एमालेलाई छोडेर प्रधानमन्त्री पुष्पकमल दाहालले पुरानै गठबन्धनलाई व्युँताउदै राष्ट्रपतिको चुनावमा जाने निर्णय गरे संगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिएको हो ।
एमालेको तर्फबाट परराष्ट्रमन्त्री बनेकी विमला राई पौड्याललाई मानवअधिकार परिषद्को बैठकमा जान अन्तिम अवस्थामा आएर रोकेपछि सचिवालयको बैठक बसेर एमालेले त्यस्तो निर्णय गरेको हो ।
न्यूज समय
१५ फाल्गुन, २०७९, सोमबार ००:००