१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

डा शेखरको प्रश्न : जनयुद्ध दिवसमा विदा दिएर सरकारले के सन्देश दिन खोजेको ?

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले जनयुद्ध दिवस मनाउन बिदा दिएकोप्रति प्रश्न उठाएका छन् । नेता कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक बिदा कटौती गरौं पनि भन्ने तर संविधानले नचिनेको जनयुद्ध दिवसका नाममा बिदा दिएको भन्दै प्रश्न गरेका हुन् ।

उनले ट्वीटरमा सरकारले आम नागरिक सामु के सन्देश दिने खोजेको र मुलुकलाई कता लैजान खोजेको तथा कस्तो शासनको अभ्यास गर्न खोजिएको भनि प्रश्न उठाएका छन् ।

उनले लेखेका छन्, ‘आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको रु देश कता जाँदैछ रु कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ ?’ सरकारले फागुन १ लाई जनयुद्ध दिवस मनाउन भन्दै सार्वजनिक बिदा दिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*