१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

सांसद चौधरी जेल चलान

बिहिबार पक्राउ परेका प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी जेल चलान भएका छन् ।
नागरिक उन्मुक्ति पार्टीका सचेतक समेत रहेका चौधरीलाई शुक्रबार (आज) कैलाली जिल्ला अदालतमा उपस्थित गराई कैद पुर्जी थामाई धनगढी जेल चलान गरिएको अदालत श्रोतले बताएको छ ।
ट्याक्टर जलाएको आरोपमा २०६७ भदौ २ मा कैलाली जिल्ला अदालतमा महादेव बजगाईंले चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाई मुद्दा हालेका थिए ।
मुद्दाको सुनुवाई गर्दै अदालतले चौधरीलाई ८ लाख अठार हजार ४२३ रुपैयाँ जरिमाना सहित ६ महिना जेलको फैसला गरेको थियो ।
२०७० बैशाख ९ गते अदालतको फैसला यता चौधरी फरार सुचिमा थिए ।
फरार सुचिमा रहेका उनलाई प्रहरीले बाँकेबाट पक्राउ गरेको हो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*