शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गरिने प्रधानमन्त्री दाहाल
- १५ माघ, २०७९, आईतवार ०७:२६
- मुख्य समाचार
- न्यूज समय
प्रधानमन्त्री पुष्पकमल दाहालले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्न बर्तमान सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
केन्द्रको २७ औं वार्षिकोत्सव समारोहलाई आईतबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाली जनताको आशा र भरोसाको केन्द्र रहेको यस अस्पताललाई शैक्षिक प्रतिष्ठानका रुपमा विकसित गरिने बताएका हुन् ।
यस अस्पताल तानाशाहीविरोधी, निरंकुशताविरोधी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका सहिद गंगालालको नामबाट नामांकण भएका कारण पनि नेपाली जनताकालागि यस केन्द्रको भूमिका मुटुरोगका साथै लोकतन्त्रको सुदृढीकरण र सामाजिक न्यायसँग जोडिएको बताएका हुन् ।
बिग्रदो अथतन्त्रको अवस्थाका बेला आफुले सरकारको नेतृत्व गरेको भन्दै प्रधानमन्त्री दाहालले शिक्षा, स्वास्थ्य, रोजगारी, वैदेशिक रोजगारी, विकास र समृद्धिका क्षेत्रमा आफ्नो सरकारले जनताले प्रत्यक्ष अनुभुति गर्ने गरी काम गरेर देखाउने बताए ।