राष्ट्रिय सहमतिमा राष्ट्रपति छान्न माओवादी केन्द्रले पहल गर्ने
नेकपा माओवादी केन्द्र राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने पक्षमा उभिएको छ ।
शुक्रबार (आज) पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटिको बैठकले राष्ट्रपति दलहरु संगको सहमतिमा खोज्न पहल गर्ने निर्णय गरेको छ ।
आउँदो फागुन २५ देखि २८ गते सम्म राष्ट्रपति निर्वाचन हुने गरी तैयारी भएकोले त्यसकालागि दलहरु विच आपसी सहमति गरी राष्ट्रपतिको चुनाव गर्ने पक्षमा आफ्नो पार्टी रहेको बैठकमा सहभागि एक नेताले बताए ।
एमालेको पक्षमा राष्ट्रपति पार्ने गरी सत्ता गठबन्धन भएको बताईए पनि एमालेलाई धोक भएको भन्ने अर्थ नलाग्ने गरी आप्mनो पार्टी राष्ट्रिय सहमतिमा राष्ट्रपतिको निर्वाचन गराउन पहल गर्ने ति नेताले बताए ।
माघ १६ गते बिहान ११ बजे पुनः बैठक बस्ने गरी सकिएको आजको बैठकमा नेकपा समाजबादी पार्टी लागयतका दलसंग पार्टी एकता गर्ने बिषयमा गम्भिर छलफल भएको थियो ।