२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिको संकल्पसहित प्रतिनिधिसभा समक्ष विश्वासको मत मागे।


प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभा बैठकमा विश्वासको मतकालागि प्रस्ताव प्रस्तुत गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विश्वासको मतकालागि प्रस्ताव प्रस्तुत गर्दै गरेको सम्वोधनमा प्रधानमन्त्री दाहालले हरेक नागरिकले सरकार आफ्नो अभिभावक महसुस गर्ने गरी काम गर्ने बताएक छन् ।
सार्वजनिक सेवा सुधार्नु आजको आवश्यकता रहेको भन्दै प्रधानमन्त्री दाहालले सरकारी निकायमा देखिएका बेथिति र ढिलासुस्तीलाई सुधार गर्ने प्रतिबद्धता जनाए ।
सरकार फेरिरहने तर जनताको जिवनस्तर नफेरिरहेको यो समयमा प्रधानमन्त्री दाहालले अब सुनिने देखिने र जनताले प्रत्यक्ष अनुभव गर्ने गरी देशको सेवक बनेर देखाउने प्रतिवद्धता पनि जनाए ।
प्रदेश संघमा आवश्यक कर्मचारीका समस्या समाधान गर्दै शिक्षा, स्वास्थ्य, यातायातका सेवा जस्ता महत्वपूर्ण क्षेत्रमा देखिएका समस्या सरकारले तत्काल समाधान गर्दै अगाडि बढ्ने र त्यसमा सवैले सहकार्य गर्नु पर्नेमा पनि प्रधानमन्त्रीले जोड दिए ।
सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन तयार रहेको भन्दै दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिको संकल्पसहित आफूले विश्वासको मत मागेको पनि बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*