७० सांसद सहितको दाबी पेश गरेका नेकपा माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल वाग्मती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।
जम्मकट्टेललाई सोमबार वाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
माओवादी वागमती प्रदेशको संसदिय दलका नेता समेत रहेका जम्मकट्टेललाई मुख्यमन्त्री बन्न एमालेका २७, राप्रपामा १३, नेकपा एसका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदले समर्थन गरेका थिए । भने स्वयं जम्मकट्टेलको पार्टी माओवादी केन्द्रका २१ सांसद उनको पक्षमा थियो ।
११० सदस्यीय प्रदेशसभा रहेको वाग्मती प्रदेशमा बहुमतकालागि ५६ सांसदको मात्र समर्थन रहे पुग्नेमा जम्मकट्टेललाई ७० सांसदले समर्थन दिए पछि उनि वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
न्यूज समय
२५ पुस, २०७९, सोमबार ००:००