आईतबार देखि श्रम स्वीकृत सेवा सातै प्रदेशबाट सुरु हुँदै
- २२ पुष, २०७९, शुक्रबार ०९:४७
- मुख्य समाचार
- न्यूज समय
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति सेवा बिस्तार गर्ने भएको छ ।
यहि पुस २४ गते आईतबार देखि लागु गने गरी मन्त्रालयले मुलुकका सातै प्रदेशबाट श्रम स्वीकृत सेवा प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।
काठमाडौंबाट मात्र सेवा प्रदान गर्दै आएकोमा मन्त्रालयले नागरिकको सेवा र सुविधालाई मध्यनजर गर्दै संस्थागत, व्यक्तिगत तथा पुनः श्रम स्वीकृति प्रदेशबाट पनि प्रदान गर्न लागिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए ।
प्रदेश अन्तरर्गत श्रम तथा रोजगार कार्यालय विराटनगर, जनकपुर, सुर्खेत र कैलालिको धनगढीबाट सेवा प्रदान गरिने छ । मन्त्रालयले यस अघि पोखरा र बुटवलबाट श्रम स्वीकृत गर्ने व्यवस्था मिलाई सकेको पनि मन्त्रालयले जनाएको छ ।
भौतिक रुपमा कार्यालयमै पुगेर श्रम स्वीकृति लिने प्रकृयालाई परिमार्जन गर्दै अनलाईन मार्फत सवै खाले श्रम स्वीकृत लिन सकिने गरी मन्त्रालयले व्यवस्था मिलाएको मान्त्रालयद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।