१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

शेखर समुहबाट संसदीय दलको नेतामा महामन्त्री थापा उम्मेदवार बन्दै

नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन कुमार थापाले उम्मेदवारी दिने भएका छन् ।
शेखर कोईराला समुहको मंगलबार बिहानको बैठकमा कोईरालाले आफु व्याक भई महामन्त्री थापालाई नै सहयोग गर्ने भए पछि संसदीय दलको नेतामा थापाको उम्मेदवारी पक्का हुने भएको हो । थापाको प्रस्तावकमा कोईराला बस्ने गरी सहमती मिलाईएको नेताहरुले बताएका छन् ।
त्यस्तै काँग्रेस संसदीय दलमा प्रष्ट बहुमत रहेका सभापति शेरबहादुर देउवा उम्मेदवार बन्ने तयारीमा जुटेका छन् ।
आफ्नो पक्षमा स्पष्ट बहुमत भएका देउवा पुनः प्रधानमन्त्री बन्ने गरी संसदीय दलको नेतामा उमेदवारी दिने तयारीमा जुटेका हुन् ।
शेखर समुह तथा अर्का महामन्त्री बिश्व प्रकाश शर्माले यस अघि नै थापालाई प्रधानमन्त्री बनाउन आफ्नो सहयोग रहने भनिसकेका बेला थापा प्रति यूवा संसदहरुको आर्कषण बढ्ने देखिएको छ ।
प्रष्ट बहुमत देखिए पनि संसदीय दलको चुनाबमा देउवालाई अफ्ठेरो पर्नसक्ने अकिपयको आँकलन छ ।
संसदीय दलको विधानबमोजिम दलको नेता चुनिन ५१ प्रतिशत मत ल्याउनैपर्ने हुन्छ ।
यस पटकको चुनावमा कांग्रेसबाट निर्वाचित प्रत्यक्षमा ५७ र समानुपातिकामा ३२ गरी कुल ८९ सांसद छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*