नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले ऐन, निमयम बनाउँदा दलहरु एकै ठाउँमा उभिनु पर्ने बताएका छन् ।
प्रेस लैंगिक नीतिसम्बन्धी कार्यक्रमलाई मंगलबार सम्बोधन गदै महामन्त्री थापाले ऐन, नियम बनाउने क्रममा दलहरु विभाजित बन्न नहुने बताएका हुन् ।
नीति निर्माणका लागि सम्बन्धित निकायहरुले राजनीतिक दल र सरकारलाई आवश्यक सुझाव र परामर्श दिन आवश्यक रहेको समेत उनले बताए ।
साथै महामन्त्री थापाले आम नागरिकका समस्या समाधानका लागि नीति निर्माणको आवश्यकता रहेको र नीति, नियम बनाउने कुरामा सबै राजनीतिक दलहरुले समस्या समाधानका लागि गहन अध्ययन र अनुसन्धान गरी एकत्रित हुनुपर्नेमा जोड दिए ।
न्यूज समय
२७ मंसिर, २०७९, मंगलबार ००:००