१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

राप्रपाको संसदीय दलमा लिङ्देनलाई बाइपास गर्ने तयारी, पशुपतिशम्सेर बलिया देखिए

पटक पटकको फुटले अस्तित्व नै संकटमा पर्न लागेको पूर्वपञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा फेरि द्धन्द चर्कने संकेत देखिएको छ । अस्तित्व नै संकटमा पर्न लागेको राप्रपालाई अध्यक्ष राजेन्द्र लिङ्देनले पुर्नजिवन दिएका छन् । लिङ्देनको मेहनतका कारण एमालेसंग मिलेर प्रत्यक्ष तर्फ ७ सिटमा जीत निकालेको छ भने समानुपातिक तर्फपनि ७ सिट आउने देखिएको छ । संसदमा १४ सिट हुने राप्रपामा अध्यक्ष लिङदेनलाई संसदीय दलको नेता बन्न नदिने खेल सुरु भएको छ । लिङ्देनको सट्टा पशुपतिशमशेर जबरा संसदीय दलको नेता बनाउने तयारीमा राप्रपाका पुराना नेताहरु लागेका छन् ।

संसदीय दलको अंकगणितमा पनि लिङ्देन भन्दा राणा बलिया देखिएका छन् । प्रत्यक्ष निर्वाचन जितेका ७ जनामध्ये ५ जना राणलाई संसदीय दलको नेता बनाउन लागेका छन् । धवलशमशेर जबरा, विक्रम पाण्डे, दीपकबहादुर सिंह, ध्रुवबहादुर प्रधान, दिपक बोहोराले अध्यक्ष लिङ्देनको सट्टा पशुपतिशमशेरलाई संसदीय दलको नेता बनाउने अभियानमा छन् । राप्रपाले समानुपातिकबाट पाउने ७ सिटमध्ये ४ जना महिला सांसद बन्नेछन् । निर्वाचन आयोगमा बुझाइएको सुची अनुसार ४ जना महिलामा रोशन कार्की, गीता बस्नेत, बिना लामा र अनिसा परियार सांसद बन्ने देखिएको छ । बाँकी रहेका तीन पुरुषमध्ये खस आर्यबाट पशुपतिशमशेर, जनजातिबाट बुद्धिमान तामाङ र मधेशी समुदायबाट प्रल्हादप्रसाद साह सांसद बन्न सक्छन् ।

यी ७ मध्ये अध्यक्ष लिङ्देनलाई संसदीय दलको नेता बनाउनुपर्छ भन्ने तीनजना मात्रै देखिएका छन् । प्रल्हादप्रसाद साह, अनिसा परियार र गीता बस्नेत मात्र अध्यक्ष लिङदेनको पक्षमा उभिन सक्छन् । रोशन कार्की, बिना लामा, बुद्धिमान तामाङ पशुपतिशमशेरको पक्षमा देखिनेछन् । यदि संसदीय दलको निर्वाचन भयो भने १४ सांसदमध्ये ९ जना पशुपतिशमशेरको पक्षमा उभिने स्पष्ट देखिएको छ । ५ जना मात्र सांसद अध्यक्ष लिङ्देनको पक्षमा देखिएका छन् । प्रत्यक्षमा निर्वाचित ज्ञानेन्द्र शाही र लिङ्देन आफु मात्र संसदीय दलमा लिङ्देनको पक्षमा देखिनेछन् । पार्टीका सिनियर नेता पशुपतिशमशेर हुँदाहुँदै लिङ्देनलाई नेता नमान्ने भन्ने दम्भ पालायो भने राप्रपाभित्र फेरि द्वन्द्व चर्किने निश्चित छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*