रामचन्द्रले थाले नयाँ सरकार गठनबारे परार्मश, प्रधानमन्त्रीमा प्रस्ताव गर्ने देउवाको संकेत
- ११ मंसिर, २०७९, आईतवार ०१:१७
- मुख्य समाचार
- न्यूज समय
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि छलफल थालेका छन् । पौडेलले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वउपभापति विमलेन्द्र निधिसंग छलफल गरेका हुन् । पौडेलसंगको छलफलमा सभापति देउवा पौडेललाई प्रधामन्त्रीमा प्रस्ताव गर्नका लागि सकारात्मक रहेको बताएका थिए ।
देउवाले पौडेललाई भनेको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘छलफल गरौला, म रिजिक्ट छैन । सवै परिणाम आएपछि छलफल थालौला ।’
वरिष्ठ नेता पौडेलले पूर्व उपसभापति निधिसंग पनि छलफल गरेका थिए । निधिले आफुले सम्पुर्ण रुपले सहयोग गर्ने बचन दिएको पौडेल निकट स्रोतले जनाकारी दियो । स्रोतले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा लगायत नेता डा शेखर कोइराला र डा शशांक कोइरालासंग समेत छलफल गर्ने बताएको छ ।