गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री खड्का बर्खास्त

न्यूज समय


गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले एक पछि अर्को गर्दै मन्त्री बर्खास्त गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले मंगलबार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन् ।
पार्टीका उमेदवारलाई असहयोग गरेको भन्दै मन्त्री खड्कालाई बर्खास्त गरिएको श्रोतले बताएको छ ।
खड्का आफु उमेदवार वन्न नपाएको भन्दै पार्टीका उमेदवारलाई सहयोग नगरी निष्क्रिय बसेको आरोप लागेको छ ।
काँग्रेसको समानुपातिकबाट प्रदेश सांसद रहेका खड्का २०७८ श्रावन ८ गते गण्डकी प्रदेशको मन्त्री भएका थिए ।
मुख्यमन्त्री पोखरेलले यस अघि सत्तापक्षिय उमेदवारलाई असहयोग गरेको भन्दै उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यलाई हटाएका थिए ।