चुनावलाई मध्यनजर गर्दै ४ दिन सार्वजनिक विदा दिने सरकारको निर्णय
- २९ कार्तिक, २०७९, मंगलवार ०७:२६
- मुख्य समाचार
- न्यूज समय
मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गरी सरकारले ४ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गृहमन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै प्रतिनिसधसभा र प्रदेशसभा निर्वाचनका समयमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
मन्त्रालयले विद्यालय तथा शिक्षण संस्थाहरुलाई २ गते देखि ५ गते सम्म विदा दिने निर्णय गरेको छ । त्यस्तै सार्वजनिक निकाय तथा सरकारी कार्यालयहरुलाई मंसिर ४ र ५ गते विदा दिने निर्णय गरेको हो ।
मंसिर ४ गतेको निर्वाचनको मतदान स्थाल विद्यालय तथा सार्वजनिक निकायका कार्यालयहरु बनाईने भएकाले त्यसलाई मध्यनजर गर्दै सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।