नेकपा चन्द समुह र सरकारको वार्ता सकारात्मक तर्फ
- २२ कार्तिक, २०७९, मंगलवार ०६:५०
- मुख्य समाचार
- न्यूज समय
गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा संग सरकारको वार्ता भएको बताएका छन् ।
नेकपालाइ राजनीतिक मूलधारमा ल्याउने विषयमा दुई दिन अघि नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा संग भैरहवामा सरकारको वार्ता भएको बताएका हुन् ।
मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचन र कारागारमा रहेका नेकपाका बन्दीलाई प्रक्रिया मिलाएर छाड्ने एवं मुद्दा फिर्ता लिने लगायत विषय पनि छलफल भएको गृहमन्त्री खाँणले पुष्टि गरे ।
पूर्ववर्ती सरकारले गरेको सम्झौता अनुसार कतिपय बन्दीहरुलाई छोडिसकेको र अन्यलाई पनि जेलमुक्त गर्न कानुन संशोधनका लागि फाइल कानुन मन्त्रालयमा पठाइसकेका पनि उनले बताए ।
चुनावमा नेकपालाई अन्य नागरिकसरह मतदान गर्ने अवसर दिने भन्दै गृहमन्त्री खाँणले शान्तिपूर्ण तरिकाबाट मतदान गर्न आए प्रशासनबाट कुनै अप्ठेरो नपार्ने भन्दै निर्वाचन प्रकृयामा आउन पनि आग्रह आव्हान गरे ।
साथै उनले मतदान बिथोल्ने तथा मतदातालाई आतंकित पार्ने खालका गतिविधी गरे सरकार चुप लागेर नवस्ने चेतावनी दिएको पनि बताए ।
छलफलमा नेकपाका तर्फबाट टोलीका संयोजक विश्वकर्माले काठमाडौंमा जारी रहेको उक्त पार्टीको बैठकमा प्रस्ताव राख्ने र सरकारसँग थप छलफल तथा सम्झौता गर्ने बताएको पनि खाँणले बताए ।