२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

आउँदो मंगलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै

यही कात्तिक २२ गते मंगलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार बेलुकी ५ः११ देखि ६ः३४ सम्म ग्रहण लग्ने छ । चन्द्रमा उदाउँदा देखि नै ग्रहण लागेर चन्द्रमा उदाउने भएकाले यो ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको समितिले जनाएको छ ।
झण्डै एक घन्टा २३ मिनेट ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास चन्द्रग्रहण भनिएको हो । नेपालबाट देख्न सकिने यो ग्रहणको नौ घन्टा अघि देखि नै सुतक लाग्ने धर्मग्रन्थहरुमा उल्लेख छ ।
२२ गते बिहान ८ः११ बजे देखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । बेलुकी ६ः३४ बजे ग्रहण सकिए पछि मात्र भोजन गर्न समेत पञ्चाङ्ग निर्णायक समितिले सुझाएको छ ।
ग्रहण लागेका बेला जप, स्नान, ध्यान, पाठ लगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय बिश्वास गरिन्छ । यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*