चुनाव प्रचारप्रसारमा जाँदा सार्वजनिक पद धारण गरेका व्यक्तिले अनिवार्यआयोगको अनुमति लिनुपर्ने
- १६ कार्तिक, २०७९, बुधबार ११:५०
- मुख्य समाचार
- न्यूज समय
सार्वजनिक पद धारण गरेका व्यक्तिले आसन्न निर्वाचनको प्रचारप्रसारमा जाँदा सरकारी स्रोत र साधनको दुरुपयोग नगर्न निर्वाचन आयोगले सचेत गराएको छ ।
आयोगको केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले त्यस्ता पद धारण गरेका व्यक्तिले प्रचारप्रसारमा जाँदा अनिवार्य आयोगको अनुमति लिनुपर्ने पनि बताएका छन् ।
त्यस अवसरमा बोल्दै प्रमुख आयुक्त थपलियाले सार्वजनिक पद धारण गरेका सम्माननीय प्रधानमन्त्री ज्यू, माननीय मन्त्री ज्यू, प्रदेश मन्त्री ज्यूले आयोगको अनुमति लिएर सहमतिमात्र निर्वाचन प्रचारप्रसार गर्न पाउने व्यवस्था गरेको बताएका हुन् ।
निर्वाचन आचारसंहिता अनुसार आमसभा तथा कोणसभामा गरिएको खर्च मतदान भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्न समेत थपलियाले निर्देशन दिएका छन् ।
आचारसंहिता पालना भए नभएको आयोगले अनुगमन गर्ने व्यवस्था मिलाएको भन्दै प्रमुख अयुक्त थपलियाले आमसभा र कोणसभा गर्दा बनाइएका मञ्च, त्यसका लागि तयारी गर्दा लाग्ने खर्च निर्वाचन आचारसंहिता भित्र बसेर गर्न पनि सुझाएका छन् ।