उपत्यकाबाट बाहिरिने सवारी साधनलाई गृहमन्त्रालयको कडाई, यान्त्रिक परिक्षण अनिवार्य
- ९ आश्विन, २०७९, आईतवार ०६:५४
- मुख्य समाचार
- न्यूज समय
सरकारले सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै लामो तथा छोटो दुरीका सवारी साधनलाई अनिवार्य यान्त्रिक परिक्षण गराउनु पर्ने नियम लगाएको छ ।
आईतबार देखि काठमाडौं उपत्यकाबाट बाहिरिने यातायातका साधनलाई अनिवार्य रुपमा यान्त्रिक परिक्षण गराएर मात्र संचालन गर्न भनिएको छ ।
चाडपर्वको समयमा अत्यधिक सवारी साधनको चाप हुने भएकोले यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित सवारी साधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरु बीच समन्वय गरेर यो प्रकृया अगाडी बढाईएको गृमन्त्रालयले जनाएको छ ।
गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले यान्त्रिक परिक्षण सम्वन्धी नियम सवै प्रकारका यातायातका साधनले पालना गर्नु पर्ने बताए । त्यसकालागि उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरुमा सवारी साधनको चेकजाँचको व्यवस्था मिलाई सकिएको पनि प्रवक्ता पोखरेलले जानकारी दिए ।
यसैबिच लामो दुरीको यात्रुबाहक गाडिकालागि गृहमन्त्रालयले दुईजना चालक अनिवार्य गरेका छ । यात्रुको बिमा, सवारी साधनमा सरोकारवालाको फोन नम्बर, टाइम कार्डको पालना, छतमा बसेर तथा झुण्डीयर यात्रा गर्न नपाईने लागएतका व्यवस्थालाई कडाईका साथ पालना गर्न पनि गृहले निर्देशन दिएको छ ।