१८ मंसिर २०८१, मंगलवार  |  3 December 2024,Tuesday
Ad

राष्ट्रपति भण्डारीले दोस्रो पटक संविधान उल्घंन गरेको पूर्वराष्ट्रपति यादवको आरोप

पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको आरोप लगाएका छन ।
जनकपुरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले संघीय संसद्ले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको आरोप लगाएका हुन् ।
प्रतिनिधि सभा विघटन गरेर पहिलो गल्ति गरिसकेकी राष्ट्रपति भण्डारीले फेरी विधेयक प्रमाणीकरण नगरेर दोस्रो पटक संविधान उल्घंन गरेको पूर्वराष्ट्रपति यादवको भनाई थियो ।
दोस्रो पटक पनि संघीय संसदको दुवै सदनले पारित गरेर पठाएको सो विधेयकलाई राष्ट्रपति भण्डारीले प्रमाणिकरण हुनबाट रोक्न मिल्ने अवस्था नै नरहेका भन्दै उनले राष्ट्रपतिको यो कदमले लोकतन्त्रमै कालो बादल मडारिएको टिप्पनी गरे ।
राष्ट्रपतिको यो कदमले मुलुकमा प्रतिगमन निम्तने भन्दै पूर्वराष्ट्रपति यादवले नेपाली जनताले संविधान बचाउन पहल गर्नु पर्ने तर्क गरे ।
बेलायत, भारत, अमेरिका लगायत लोकतान्त्रिक मुलुकको परम्परा र संविधानविद् तथा कानुनविद्हरुसँग परामर्श गरेर राष्ट्रपतिले यो विधेयकलाई प्रमाणीकरण नगरेको पनि डा. यादवले आरोप लगाए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*