१८ मंसिर २०८१, मंगलवार  |  3 December 2024,Tuesday
Ad

नुवाकोट क्षेत्र १ को ‘क’ प्रदेशमा प्रदेशसभा सदस्यका लागि गुरुङको नाम सिफारिस

नेपाली कांग्रेस नुवाकोटका युवा नेता संजिव गुरुङ प्रदेशसभा सदस्यको उमेदवार बन्नका लागि सिफारिसमा परेका छन् । उनी नेपाली कांग्रेस नुवाकोटको क्षेत्र नं १ को क प्रदेशबाट सिफरिसमा परेका हुन् । विद्यार्थीकालदेखि नै कांग्रेसमा जोडिएर काम गरेका गुरुङ तरुण दलको जिल्ला कार्यसमिति सदस्य हुँदै हाल सल्लाहकारको भूमिकामा छन् ।

गुरुङ विशेष गरि जिल्लाभर नै युवा माझ निकै लोकप्रिय मानिन्छन । राजनीतिमा नीति मात्र फेरेर भएन नेतृत्व नै फेरौं भन्ने भाष्य निर्माण गर्न जरुरी रहेको भन्दै प्रदेशसभामा बलियो दाबेदारी प्रस्तुत गरेका गुरुङ पार्टीमा निरन्तर क्रियाशील छन् । राजनीतिमा पुस्तान्तरण र हस्तान्तरण आवश्यक रहेको उनले ठम्याए । राजनीतिलाई फोहोरी खेलको संज्ञा दिएर पन्छिनु भन्दा यसलाई सफा गर्न चेतनशील र सचेत युवाहरु राजनीतिमा आउनुपर्छ भन्ने सोच आफुमा पलाएको उनले बताए । गुरुङले आफु नेपाली कांग्रेसमा देखिएको गुटको राजनीति अन्त्य र सांगठनलाई बलियो बनाउने अभियानमा लागेको बताए ।

उनले आफु निर्वाचित भएपछि नुवाकोटमा विकासको नयाँ मोडेल सुरु गर्ने बताए । उनले नुवाकोटको सर्वाङ्गिन विकासको लागि जल, जंगल, जमिन, जडिबुटी, जलविद्युतमा आन्तरिक र वाह्य लगानी आवश्यक रहेको र ति स्रोतको पहिन आफुले गर्ने बताए । राजनीतिमा स्वार्थ केन्द्रित आर्थिक समूह र ब्यापारिक घरानाहरुको हालीमुहाली चलेको भन्दै स्वच्छ र निष्कलंक छवि भएका व्यक्तिको हातमा नीति निर्माणको कलम हुनुपर्ने उनले बताए ।

राजनीतिक संस्कारसहितको सम्मान पनि आवश्यक रहेको उनले औंल्याए । आफुले ७० भन्दा बढी देशहरुमा लिएको विकासको अनुभवलाई अवसरमा बदल्ने दिन आएको उनको भनाई छ । २०७४ सालमा नुवाकोट–१ मा वाम गठबन्धनको तर्फबाट माओवादी नेता हितबहादुर तामाङले ३६ हजार ४७३ मत ल्याएर विजयी भएका थिए। उनका प्रतिद्वन्द्वी बनेका कांग्रेस नेता डा. रामशरण महतले २७ हजार ९२० मत पाएर निर्वाचन हारे।

नुवाकोट–१ मा स्थानीय तहको चुनावमा वडा अध्यक्षले पाएको मतलाई हेर्ने हो भने कांग्रेसका वडाध्यक्ष उम्मेदवारले २८ हजार ९६२, माओवादीका उम्मेदवारले २३ हजार २००, एमालेका उम्मेदवारले १८ हजार २६७, राप्रपाका उम्मेदवारले ४ हजार ७८, नेकपा एसका उम्मेदवारले २ हजार २४५ मत पाएका छन्। यसलाई आधार मान्दा गठबन्धनका पक्षमा ५४ हजार ४०७ मत देखिन्छ। यो एमालेकोभन्दा ३६ हजार १४० ले बढी हो।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*