कांग्रेस युवा नेता पाण्डे प्रदेशसभाका लागि दोलखाबाट सिफारिस
- २२ भाद्र, २०७९, बुधबार ००:३५
- मुख्य समाचार
- न्यूज समय
सत्तारुढ दल नेपाली कांग्रेसका युवा नेता सन्तोष पाण्डे दोलखाको ख प्रदेशबाट प्रदेशसभा सदस्यको उमेदवार बन्नका लागि प्रत्यक्ष तर्फ सिफारिसमा परेका छन् । ०६२ देखि ०६५ पशुपति बहुमुखी क्याम्पस चाबहिलमा स्ववियु सभापति समेत रहेका पाण्डे सोहि क्याम्पसमा इकाई सभापति समेत भइसकेका व्यक्ति हुन् । यस्तै, उनी कांग्रेस निकट नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भएर समेत काम गरिसकेका छन् ।
कांग्रेसमा बलियो उपस्थिति जनाउने पदको रुपमा चिनिने महाधिवेशन प्रतिनिधिको रुपमा समेत उनी १२ र १४ औं महाधिवेशनमा दोलखाबाट लोकप्रिय मतका साथ विजयी भएका थिए । कांग्रेसमा तत्कालीन माओवादीले जनयुद्ध सुरुवात गरेको केहि समयपछि नै सक्रिय रहदै आएका पाण्डे ०५४ सालदेखि कांग्रेसको विभिन्न निकायमा बसेर काम गरिसकेका छन् । उनी गएको स्थानीय निकाय निर्वाचनमा युवा परिचालन समिति र सुरक्षा संयन्त्रको केन्द्रीय सदस्य भएर भूमिका निर्वाह गरिसकेका छन् ।
पाटन संयुक्त क्याम्पसबाट समाजशास्त्रमा स्नात्तकोत्तर गरेका पाण्डे ०६२र६३ मा भएको जनआन्दोलनमा घाइते समेत भएका थिए । आन्दोलनको क्रममा उनी विभिन्न समयमा गिरफ्तारी तथा नजरबन्दमा समेत परेका छन् । दोलखाको ख प्रदेशबाट प्रत्यक्षतर्फ पाण्डेसहित केशव चौलागाई, युधिष्टिर खड्क, राकेश श्रेष्ठ र कुलराज थापा उम्मेदवार सिफारिस भएका हुन् । भने, समानुपातिकतर्फ चित्रबहादुर कार्की, दावा शेर्पा, अनिता श्रेष्ठ, सुनिता नेपाली, छिरिङ डोल्मा शेर्पा लगायत सिफारिस भएका छन् ।
यस्तै, प्रतिनिधिसभाका लागि कांग्रेसले पार्टी केन्द्रीय सदस्य जीपछिरिङ लामा, कुन्दन काफ्ले, अजयबाबु सिवाकोटी, वर्मा लामा, तारा कोइराला र उद्धव काफ्ले उम्मेदवार सिफारिस भएको कांग्रेस जिल्ला सभापति वर्मा लामाले जनाए । भने, समानुपातिकतर्फ पुष्कर खड्का, प्रभुराम श्रेष्ठ, लक्ष्मी कुमारी तामाङ र सुमिता न्यौपाने सिफारिस भएका छन् । कांग्रेसले दोलखाको क प्रदेशमा प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ भवेन्द्र कार्की, तारक कुमार खड्का, भुवन केसी र विनिता अधिकारी उम्मेदवार सिफारिस भएका छन भने, समानुपातिकतर्फ शुक्रराज तामाङ, सुदर्शन कार्की, तारा थपलिया र रोचना उप्रेति लगायत सिफारिस भएको सभापति लामाले जनाए ।