प्रेस युनियनका पूर्व अध्यक्ष पोखरेल सुनसरी–२ बाट सिफारिस
- २१ भाद्र, २०७९, मंगलवार ०७:०३
- मुख्य समाचार
- न्यूज समय
नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष किरण पोखरेल सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवारमा सिफारिसमा परेका छन् । आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पोखरेलको नाम नेपाली कांग्रेस सुनसरी क्षेत्रीय समितिले समानुपातिकतर्फ सिफारिस गरी जिल्ला समितिमा पठाएको थियो ।
जिल्ला समितिले पनि मंगलबार पोखरेलको नाम प्रदेश समितिमा पठाएको हो । राष्ट्रिय सूचना आयोगका पूर्व आयुक्त समेत रहेका वरिष्ठ पत्रकार रहेका पोखरेलसँगै महिलातर्फ दिलकुमारी राईलाई समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
जिल्ला समितिले सुनसरी २ बाट प्रत्यक्षतर्फ नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक राजीव कोइराला, कांग्रेस केन्द्रीय सदस्य तथा नेविसंघका पूर्वअध्यक्ष राजीव ढुंगाना तथा पूर्वमन्त्री सीताराम मेहतालाई सिफारिस गरेको छ ।