१८ मंसिर २०८१, मंगलवार  |  3 December 2024,Tuesday
Ad

युवा नेता अधिकारीको नाम चितवन – ३ को क प्रदेशबाट सिफारिस


नेपाली काँग्रेसका युवा नेता रामप्रसाद अधिकारीको नाम चितवन क्षेत्र नम्बर ३ क बाट प्रदेशसभा सदस्यको उमेदवारका लागि सिफरिस भएको छ । लामो समय पार्टीको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा विताएका अधिकारीले मंसीर ४ गते हुन लागेको प्रतिनिधिसभामा पनि आकांक्षा राख्दै आवेदन दिएका थिए ।

झण्डै २० वर्ष नेविसंघको राजनीतिमा विताएका अधिकारी अमृत साइन्स क्याम्पस ठमेलमा प्रदीप पौडेल नेविसंघको अध्यक्ष भएको बेलामा सहसचिवको भूमिका निर्वाह गरेका थिए । काँग्रेसभित्र इमान्दार र वफादार व्यक्तिका रुपमा रहेका अधिकारीको देशभर आफ्नो नेटवर्क रहेको छ । २०५५ सालमा अमृत साइन्स क्याम्पस नेविसंघको सभापति, विस २०५८ सालको आन्दोलनमा सक्रिय सहभागिता खेलेका अधिकारी विस २०५९ सालमा नेविसंघको केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

विस २०६२–०६३ सालको जनआन्दोलनमा अग्र मोर्चामा रहेर आन्दोलन हाँकेका अधिकारी विसं २०६४ सालमा नेविसंघको प्रवक्ता मनोनित भएका थिए । २०६६ सालमा नेविसंघको सहमहामन्त्री बनेका अधिकारी विस २०७० सालमा उपाध्यक्ष निर्वाचित भएका थिए । नेपाली काँग्रेसको छातामुनी बसेर विद्यार्थी आन्दोलनलाई अगाडि बढाएका अधिकारीले पार्टीभित्र गरेको योगदानलाई मूल्याङ्कन गर्न उहाँलाई प्रदेशसभा निर्वाचनमा टिकट दिनुपर्ने माग पश्चिम चितवनमा उठेको छ ।

पछिल्लो समय राजनीतिक पार्टीमा युवाहरुको प्रतिधित्व कम हुँदै गएको र स्वतन्त्र उम्मेवार हावी भइरहेको बेलामा ५० प्रतिशत युवालाई टिकट दिनुपर्ने आवाज उठिरहेको बेला अधिकारीलाई स्वभाविक उम्मेद्वारको रुपमा काँग्रेसले हेरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*