१८ मंसिर २०८१, मंगलवार  |  3 December 2024,Tuesday
Ad

संखुवासभा कांग्रेसद्धारा प्रतिनिधिसभा सदस्यका लागि पूर्वमन्त्री खड्काको नाम सिफारिस

संखुवासभाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाउन जिल्ला सभापति एवंम पुर्व राज्यमन्त्री दिपक खड्का सहित १४ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ आठ जना आकांक्षी छन् भने ६ जनालाई समानुपातिकतर्फको उम्मेदवार बनाउन सिफारिस गरिएको छ ।

जिल्ला कार्यसमितिको बैठकले अनुमोदन गरेको नामवलीमा प्रत्यक्ष निर्वाचनका लागि पहिलो नम्बरमा नेपाली काँग्रेस संखुवासभा, सभापति दिपक खड्कालाई प्रस्तुत गरेको छ। जिल्लामा निकै प्रभावशाली मानिएका खड्का उम्मेदवार बन्दा कांग्रेसले जीत निकाल्ने संभावना बलियो हुने नेता कार्यकर्ताले बताउने गरेका छन् ।

यसैगरी केन्द्रीय सदस्य तारामान गुरुङ, युवा नेता दिपनकुमार श्रेष्ठको नाम सिफारिश गरिएको छ। यसैगरी अन्य प्रत्यक्ष तर्फ टंकप्रसाद राई, जनक थापा, मिङमा शेर्पा, पाशाङ शेर्पा र उमेश चौहानको नाम पनि सिफारिसमा परेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*