१८ मंसिर २०८१, मंगलवार  |  3 December 2024,Tuesday
Ad

बारा–४ मा वाग्लेलाई प्रतिनिधिसभा सदस्यको उमेदवार बनाउन कांग्रेसको माग


आगामी मंसिर ४ गतेको हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिदै जाँदा विभिन्न निर्वाचन क्षेत्रमा आंकाक्षीहरुले आवेदन दर्ता गरिरहेका छन् । यस्तै बारा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तर्फबाट व्यवसायी इच्छाबहादुर वाग्लेले आंकाक्षा देखाएका छन् । विभिन्न जिल्लामा नेपाली कांग्रेसको संगठन निर्माणमा समेत ज्यान दिएर लागेको वाग्लेलाई यो निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उमेदवार बनाउनका लागि नेपाली कांग्रेस बाराका सवै समुहका नेताहरु लागेका छन् । गुटबन्दीका कारण एक समुहले अर्को समुहलाई स्वीकार गर्न नसक्ने अवस्थामा पुगेका नेताहरु नेपाली कांग्रेसले २०३१ सालदेखि योगदान दिएका र कुनै गुटमा नभएका तर इमान्दार व्यवसायीलाई उमेदवार बनाउन कांग्रेस नेताहरु लागेका छन् ।

एमालेको संगठन बलियो भएको यो क्षेत्रमा स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षले पाएको मत अनुसार एमालेको २१ हजार १६७, कांग्रेसको १६ हजार ५८९, लोसपाको १५ हजार ८०, माओवादीको ९ हजार १३, जसपाको ५ हजार ६९१, नेकपा एसको ५ हजार १९ र राप्रपा १ हजार १५४ मत रहेको छ । एमालेको संगठन बलियो भएको अवस्थामा कांग्रेसको बलियो नेता समेत यो क्षेत्रमा नभएका कारण वाग्लेलाई उमेदवार बनाउने बारा जिल्लाका धेरै नेताहरुले पहल गरेका छन् ।

२०७४ सालको निर्वाचनमा कांग्रेसका तर्फबाट लालबाबु सिंह भुईहार उमेदवार बनेका थिए । उनी १४ हजार पाच सय १६ मत ल्याएर तेस्रो पोजिशनमा थिए । यो क्षेत्रबाट २०७४ सालमा राष्ट्रिय जनता पार्टीका रामएकवाल मिया निर्वाचित भएका थिए । चुनावको मुखमा नेकपा एमाले छोडेर राजपा प्रवेश गरेका मियाले वाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले बाराका उपाध्यक्ष देवनारायण चौधरीलाई एक हजार ६ सय ६८ मतले पराजित गरे । यो निर्वाचन क्षेत्रको उत्तरी क्षेत्रमा पहाडी र दक्षिणी क्षेत्रमा मधेसी, मुस्लिम र चौधरी समुदायको बाहुल्यता छ । वाग्लेले व्यवसायका क्रममा यो निर्वाचन क्षेत्रको ‘क’ प्रदेशमा विकास निर्माण र सामाजिक काम समेत गरेका छन् । त्यही भएकाले यो निर्वाचन क्षेत्रमा वाग्लेलाई उमेदवार बनाउदा कांग्रेसले जीत निकाल्ने नेताहरुको विश्लेषण छ ।

२०३१ सालदेखि कांग्रेसको राजनीतिमा क्रियाशील वाग्ले पछिल्लो समय रियल स्टेर र होटेल व्यवसायमा आवद्ध छन् । नेपाल जग्गा तथा आवास विकास संघ (एनएलएचडीए)का अध्यक्ष रहेका वाग्लेले नेपाली कांग्रेस भक्तपुरको जिल्ला कार्यसमिति सदस्य, महाधिवेशन प्रतिनिधि र नेपाली कांग्रेस ओखलढुंगा काठमाडौ सम्पर्क समितिको अध्यक्षका रुपमा संगठनमा काम गरिसकेको छन् ।

ओखलढुंगामा जन्मेका वाग्लेले त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने क्रममा २०३१ सालदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा क्रियाशील भएका थिए । सो समयमा नेपाल विद्यार्थी संघको राजनीतिका त्रिभुवन विश्वविद्यालयमा नेपाली कांग्रेसका नेता एंव गृहमन्त्री बालकृष्ण खाण, नेता डा मिनेन्द्र रिजाल थिए । वाग्लेले विद्यार्थी राजनीतिपछि ओखलढुंगा फर्केर राजनीति यात्रालाई अगाडि बढाएका थिए ।

२०५६ सालको निर्वाचन ताका सम्म वाग्ले ओखलढुंगाको राजनीतिमा नै क्रियाशील थिए । जिल्लाको राजनीतिमा गुटबन्दी बढ्दै गएपछि वाग्लेले भक्तपुरमा क्रियाशील सदस्यता सारेर भक्तपुरबाट राजनीति थालेका थिए । उनी भक्तपुरबाट महाधिवेशन प्रतिनिधि र जिल्ला सदस्य भए । अहिले वाग्ले आफ्नो व्यवसायका क्रममा बारामा बढि समय व्यतित गर्ने गरेका छन् । बाराको सिमरामा वाग्लेको चर्चित इच्छा होटल रहेको छ । उनको रियल स्टेटको व्यवसाय पनि बारामा रहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

एक प्रतिक्रिया प्रप्त

  1. Raju kafle says:

    Great initiations for great social innovative entrepreneur.

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*