१८ मंसिर २०८१, मंगलवार  |  3 December 2024,Tuesday
Ad

‘जनताको साथमा कांग्रेस’ अभियान आजबाट


नेपाली कांग्रेसले आजदेखि देशैभर चुनाव लक्षित ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै छ । कांग्रेस केन्द्रीय समितिलिे अभियान संचालनका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरु खटाएको छ । केन्द्रीय प्रतिनिधिहरु आफु खटिएको जिल्लामा पुगेर आजबाट अभियान संचालन गर्ने छन् । यो अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्लामा गई जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधिलगायतको बैठक बोलाउने छन् । अभियानमा प्रदेश समिति र जिल्ला समितिले समेत मातहतमा प्रतिनिधि खटाउनेछन् ।

अभियानमा जनताका समस्या सुन्ने, कांग्रेस नेतृत्वको सरकारले गरेको कामको जानकारी गराउने र सत्तारुढ गठबन्धनका दलहरुबीच तालमेलको औचित्य पुष्टि गरिने कांग्रेसले जनाएको छ । भदौ २४ गतेसम्म संचालन हुने यो अभियानको समापन बीपी कोइरालाको बीपी जन्मजयन्तीका दिन समापन हुनेछ । यो अभियान ३ चरणमा हुने नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले जनाएका छन् । पहिलो चरण भदौ १० देखि बीपी जन्मजयन्ती भदौ २४ सम्म, दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो र निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता हुनेछ । यो अभियानका चार उदेश्य रहेको पनि प्रवक्ता महतले जनाए ।

अभियानका ४ उद्देश्य
पहिलो मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्ने । दोश्रो, जनताको घर–आगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने । जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाहरु बारे जनतासँग विविध ढंगले अन्तरक्रिया गर्ने । तेस्रो कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने र निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने । र चौथो निर्वाचनमा तालमेल गरेर जानुपरेको बिषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने छन् ।

केन्द्रीय प्रतिनिधिका सात जिम्मेवारी
अभिान संचालनका लागि जिल्ला जिल्लामा पुगेको केन्द्रीय प्रतिनिधिलाई नेपाली कांग्रेसले ७ जिम्मेवारी तोकेको छ । उनीहरु अभियान शुरु हुनुभन्दा २ दिन अघि नै केन्द्रीय प्रतिनिधिहरू खटिएको जिल्लामा पुग्नु पर्ने छ । पहिलो जिम्मेवारीमा पन्ध्र दिनसम्म चल्ने अभियानमा केन्द्रीय प्रतिनिधिहरु कम्तिमा पाँच दिन तोकिएको जिल्लामा विविध कार्यक्रममा सहभागी हुनु पर्नेछ । दोश्रो जिल्लाको सबै निर्वाचन क्षेत्र (एक मात्र प्रतिनिधि सभा क्षेत्र भएको जिल्लामा दुवै प्रदेश सभा क्षेत्र) को निश्चित कुनै कार्यक्रममा केन्द्रीय प्रतिनिधिको सहभागी रहनुपर्ने छ । तेस्रो एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला समिति र एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा हरेक प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति सहित त्यस क्षेत्र भित्रका महाधिवेशन÷महासमिति÷प्रदेश अधिवेशन प्रतिनिधि, गाउँ–नगरपालिका कार्यसमितिका सभापति, स्थानीय तह निर्वाचनमा निर्वाचित र निर्वाचन लडेका पालिका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख–उपप्रमुख सहितको बैठक गरी पार्टी पंक्तिलाई सानातिना विवाद र मतभेदहरु भुलेर ऐक्यवद्ध भएर निर्वाचनमा होमिन प्रतिनिधिले प्रेरित र अपील गर्नुपर्ने ।

चौथो गठबन्धनमा रहेका दलहरु बिच जिल्लामा समन्वय र सहकार्यको स्थिति मूल्याङ्कन गरि थप सहज बन्नरबनाउन केन्द्रीय प्रतिनिधिले आवश्यक सहजीकरण गर्ने । पाँचौ निर्वाचनको आचारसंहिता लागू भएपछि इमानदारपुर्वक पालना गर्न पार्टी पंक्तिलाई प्रेरित र प्रतिस्पर्धी दलहरूलाई अपील गर्ने । छैटौंमा अभियानका लागि स्थानीय स्थिति र आवश्यकताका आधारमा विविध थप कार्यक्रम तय गर्न र संगठित रुपले कार्यान्वयन गर्न–गराउन जिल्ला समिति एवं मातहतका समितिहरुलाई सहजीकरण गराउने र सातौ पार्टीको स्थानीय तहको विजय अभियानलाई असर पुग्ने ढंगले कुनै पनि गतिविधि पार्टीभित्र कोहि कसैबाट भएको थियो, अथवा आगामी निर्वाचनमा असर पुग्ने नकारात्मक गतिविधि कोहि कसैबाट भइरहेकोे सूचना छन् भने त्यसलाई गम्भीरतापूर्वक लिएर त्यसको विवरण संकलन गर्ने जिम्मेवारी तोकिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*