‘कोई न कोई नाता हैं’ बोलको हिन्दी गीतमा भारतका चर्चित जुबिन नौटियालको स्वर छ भने ‘जहान भी जाओ आई सनम’मा राहत फतेह अली खानको स्वर छ ।
तेस्रो गीत ‘तुम प्यार हो’मा पलक मुच्छल र अंकित तिवारीको युगल स्वर रहेको छ भने असलम कीको कम्पोज र कुमारको शब्द रचना छ । त्यस्तै, चौंथो रोमान्टिक गीत ‘मुझ में बस जाना’मा पलक मुच्छल र देव नेगीको युगल स्वर छ । गीतमा कल्याण सिंहको कम्पोज छ भने ए एम तुराजको शब्द रचना छ । फिल्मको चारवटै गीत रोमान्टिक थिममा तयार छन् । गीतको अडियो पक्ष बुलन्द छ ।
भारतमा हिन्दी डबमा प्रदर्शनमा आउने चलचित्र नेपालमा भने नेपाली भर्सनमा नै लाग्नेछ । तर, नेपालमा प्रदर्शनको केही हप्तापछि चलचित्रको हिन्दी डब पनि प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ । चलचित्रको हिन्दी र नेपाली भर्सनमा दुईवटा टिजर रिलिज भइसकेको छ ।
स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘प्रेमगीत ३’बाट क्रिस्टिना गुरुङले नायिकाको रुपमा डेब्यू गरेकी छन् । चलचित्रलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।
न्यूज समय
७ भाद्र, २०७९, मंगलबार ००:००