आँबुखैरेनी-मुग्लिन राजमार्ग भासिएको अनुगमन गर्न पुगे गण्डकी प्रदेशका मन्त्री
- २७ जेष्ठ, २०७९, शुक्रबार १०:५१
- मुख्य समाचार
- न्यूज समय
गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विश्वकर्मा पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–मुग्लिन राजमार्ग भासिएको स्थानको अनुगमनका लागि सो स्थानमा पुगेको छ ।
राजमार्ग भासिएको स्थानको अनुगमनमा पुगेका मन्त्री विश्वकर्माले तत्काल बाटो खुलाउनका लागि निर्देशन दिएका थिए । सो स्थानमा सडक भासिनुका साथै माथिबाट पनि पहिरो गएको थियो ।