प्रदेश १ का मुख्यमन्त्री आचार्यले राजीनामा दिए

न्यूज समय

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् ।
सोमबार दिउँसो प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष राजीना पत्र बुझाएका हुन् ।
गाएको भदौ १०मा मुख्यमन्त्री नियुक्त भएका आचार्य एमाले प्रदेश एकमा सबैभन्दा ठूलो दल भएपनि एकल बहुमतको अवस्था नरहे पछि मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।
एमालेका १० संसद नवगठित एकीकृत समाजवादी पार्टीमा गए संगै आचार्य अल्पमतमा परेका थिए ।