उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले ३ दिनमै राजीनामा बुझाएका छन् ।
हमालले (आज) आईतबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।
शुक्रबार मन्त्री नियुक्त भएका हमालले बुझाएको राजीनमा स्वीकृत भएको बालुवाटार श्रोतले बताएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’बाट हमाल मन्त्री बनेको भन्दै चौतर्फी आलोचना भए पछि नैतिकताको हिसाबले पनि पदमा बस्न उचित नहुने निष्कर्ष निकाल्दै राजीनमा दिएको हमालले बताएका छन् ।
देउवा निकट मानिने हमाल नाताले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको जेठान पर्छन् ।
न्यूज समय
२४ आश्विन, २०७८, आईतबार ००:००