नेपाली कांग्रेसले धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनप्रति प्रधानमन्त्रीले केपी ओलीले गैरजिम्मेवारी पन देखाएको आरोप लगाएको छ ।
एक महिनादेखि प्रतिष्ठानका चिकित्सक, विद्यार्थी र कर्मचारीले गरिरहेका आन्दोलनलाई सम्बोधन गर्न सरकारले कुनै पहल नगरेको भन्दै काँग्रेसले मौन, निरपेक्ष या भूमिकामा शून्य बस्नु आफ्नो जिम्मेवारीप्रतिको चरम गैरजिम्मेवारी हो भनेको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानको कुलपति हुनुको नाताले उत्पन्न समस्यालाई संवादमार्फत सम्बोधन गरी समाधान गर्न पनि प्रधानमन्त्री ओलीको ध्यान आर्कषण गराएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित चारजना पदाधिकारीको बहिर्गमनको माग गर्दै कर्मचारी, चिकित्सक, प्राध्यापक, विद्यार्थी तथा नागरिक समाजले २५ दिनदेखि आन्दोलन गर्दै आएका छन् ।
न्यूज समय
२५ असार, २०७८, शुक्रबार ००:००