विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरुको संयुक्त बैठकले देशव्यापी आन्दोलन गर्ने भएका छन् ।
पाँच विद्यार्थी संगठनका नेताहरुको सोमबारको संयुक्त बैठकले १६, १७, १८ र १९ गते आन्दोलनको कार्यक्रम घोषणा गरको छ ।
बैठकले लकडाउन अवधिको शुल्क मिनाहा लगायतका बिद्यार्थीका बिभिन्न माग राख्दै सरकारविरुद्ध संघर्ष गर्ने निर्णय भएको अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले जानकारी दिए ।
आन्दोलनका कार्यक्रम अन्र्तगत मंगलबार त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय परीक्षा बोर्डमा घेराउ गर्ने, मसाल जुलुश गर्ने लागाएतका कार्यक्रम रहेका छन् ।
बैठकमा नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्याथी युनियन र अखिल छैटौंका बिद्यार्थी नेताहरुको उपश्थिती थियो ।
बिरोधका कार्यक्रम प्रदेश तथा जिल्लाहरुमा पनि गरिने बिद्यार्थीहरुले बताएका छन् ।
न्यूज समय
१४ असार, २०७८, सोमबार ००:००