धनुषामा पोखरीमा डुबेर ५ बालिकाको ज्यान गएको छ ।
बाख्रा चराउन गएका उनिहरु पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृत्यु हुनेहरुमा पल्टु यादवको १२ वर्षीया छोरी लक्ष्मिनिया यादव, जोगिन्द्र यादवको १० वर्षीया छोरी चन्द्र कुमारी भगत, राजगिर पुर्वेको १३ वर्षीय छोरी मन्जु पुर्वे, जगरनाथ ठाकुरको १२ वर्षीया नातिनी चाँदनी ठाकुर र उतिम सहनीको १२ वर्षीया छोरी ललिता सहनी रहेको प्रहरीले जनाएको छ ।
बख्राचराउन गएका उनिहरु गर्मी भएपछि स्थानिय मुखियापट्टी मुसरनिया ६ स्थित हुलास यादवको खेतमा खनिएको नयाँ पोखरीमा नुहाउन गएका थिए ।
घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
न्यूज समय
२८ जेष्ठ, २०७८, शुक्रबार ००:००